खेलकुद

नेपालले पपुवा न्युगिनीलाई दियो १८४ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १८४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १८३ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४३ रन बनाएका थिए भने रोहित पौडेलले ३४ रन बनाए ।

त्यसैगरी कुशल भुर्तेलले २० रन बनाए भने कुशल मल्लले ११ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ४, आरिफ सेखले ३१, लोकेश बमले ५, करण केसीले १४ रन, सोमपाल कामीले १ रन र सन्दीप लामिछाने १ रन बनाए ।

त्यसैगरी पपुवा न्युगिनीका बलर चार्लेज अमिनी, अलेई नाओ, चाद सोपरले २-२ विकेट लिए भने नोरमान भनुआ र रिले हेकुरेले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *