समाचार

सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। आठौँ महाधिवेशन अन्तर्गत शुक्रबार भएको निर्वाचनमा तुम्खेवा निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

यस्तै सदस्यहरुमा सलोजा दाहाल, पार्वता चौधरी, साजना तामाङ, नुनुता राई, मञ्जिला ढकाल, लोकसरी कुँवर, पवित्रा मुडभरी र राधा प्रधान विजयी भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *