समाचार

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ आज हाइकिङ जाँदै

काठमाडौँ ।तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्।

वाङ शनिवार बिहान हाइकिङ जाँदैछन्।शनिवार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाँदैछन्। यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए।

शिवपुरीको हाइकिङबाट फर्किएपछि वाङ राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्।

वाङले परराष्ट्र मन्त्री नारायण खड्कासँग दुई पक्षीय वार्ता गर्ने छन्। शनिवार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उनी चीन फर्किने कार्यक्रम रहेको छ।

यी ले काठमाडौँबाटै पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको सुरक्षा स्रोतले बतायो।

शुक्रबार साँझ नेपाल अवतरण भएसँगै उनी बत्तिसपुतलीस्थित होटेल द्वारिका गएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *