काठमाडौं । भूगोलविद् डा.हर्क गुरुङको स्मृतिमा खोलिएको डा.हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतले आर्थिक सहयोग गरेको छ ।
गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका–७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो। तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
प्रतिष्ठानले डा. हर्क गुरुङको समाधिस्थलमा पार्क निर्माण गर्न लागेको थाहा पाएपछि सहयोग लिएर आएको तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले बताए। गुरुङको स्मृतिमा समाधिसँगै पार्क निर्माण गर्न डिपिआर तयार भइरहेको छ। ताङ्लीचोकमा रहेको समाधिस्थलसँगै पार्क र अन्य संरचना निर्माण गरिने प्रतिष्ठानले जनाएको छ।




