समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसाे बस्दैछ।

दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहकाे निर्वाचनमा केन्द्रित हुनेछ ।बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसले २९ फागुनदेखि थालेकाे घरदैलाे अभियान २९ चैतमा सकिँदैछ । हालसम्मकाे प्रारम्भिक समीक्षा पनि हुुनेछ ।

सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *