काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (आइतबार) न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।
आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपराह्न २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।
प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मिरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।




