काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन् । उनी शनिबार बिहान हेलिकप्टरमार्फत् दोलखा पुगेका हुन् ।
देउवाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन पनि गर्ने उनको सचिवालयले जनाएको छ ।

देउवाले शनिबार नै रामेछाप पुगेर खिम्ती पावर सव-स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार खिम्ती सवस्टेसन २२०र१३२ केभी क्षमताको हो । यो केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सवस्टेसन रहेको प्राधिकरणले जनाएको छ ।






