विश्व

रुससँगको वार्ता पहिलाभन्दा बढी यथार्थवादी देखिएको छ- राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्तामा प्रगति भएको संकेत गरेका छन् । एक भिडियो जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुससँगको वार्ता पहिला भन्दा यथार्थको नजिक पुगेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘वार्ता पहिला भन्दा बढी यथार्थवादी देखिएको छ । निर्णयहरू युक्रेनको हितमा हुन भने अझै समय आवश्यक छ ।’

रुसी र युक्रेनी वार्ताकारहरू बीचको वार्ता पछि जारी रहनेछ । रुस र युक्रेनका प्रतिनिधिहरुले पछिल्लो वार्ता भिडियो कन्फेरेन्सबाट गरिरहेका छन् ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले आज अमेरिकी कांग्रेसलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *