समाचार

ठगी आरोपमा ठेकेदार पक्राउ

काठमाडौं । ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।

झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेपछि उनलाई सिआइवीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भएको छ । तुलसीपुर उप–महानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा समेत रहेका ठेकेदार पाण्डेविरुद्ध १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *