काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका स्थित रामदेवी भन्ने ठाउँमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार मादी नगरपालिकाबाट धरान जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु भएको हो ।उक्त बसमा करिब २५ जना यात्रु रहको अनुमान छ। स्थानीयले केही यात्रुलाई उद्धार गरेका छन्।
बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको स्थानीयबासीहरुले बताएका छन् । घाइतेको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।




