खेलकुद

नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा

काठमाडौं । नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति नापोली घरेलु मैदानमा भएकाे खेलम एसीले नापाेलीलाई १-० अन्तर गाेलले पराजित गरेकाे हाे । भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएकाे छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । पराजित नापोली २८ खेलबाट ५७ अंक सहित तेस्रो स्थानमा छ ।

राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० अन्तरले पराजित गरेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *