समाचार

कांग्रेस अछाम अधिवेशनः सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै

अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ ।

पहिलाे चरणकाे चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिकाे प्रयास भएकाे थियाे । सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलाे चरणबाट बाहिरिसकेका छन् ।

सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हाे । पहिलाे चरणकाे चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *