कोशी प्रदेश

चैनपुरमा एमाले जनसंगठनहरुको जिल्ला सम्मेलन

संखुवासभा।नेकपा एमाले संखुवासभले जनसंगठनहरुको जिल्ला सम्मेलन गरेको छ । एमाले संखुवासभाले जनसंगठनहरुको जिल्ला सम्मेलन चैनपुरमा गरेको हो ।


नेकपा एमालेले जनवर्गीय संगठनको जिल्ला सम्मेलन पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा गरहेको छ । राष्ट्रको पक्षमा कामगर्दा पूर्व प्रधानमन्त्री केपी ओलीको लोकप्रियतालाई देखेर सत्ता बाहिर पुर्‍याइयो महासचिव पोखरेलले भने गठबन्धन सरकारको विरुद्धमा पार्टी एक्लै लडिरहेको र आगामी निर्वाचनमा पनि एमाले एक्लै लडेर सत्तामा पुग्छ । विकासप्रेमी नेताहरु लाई जनताले फेरि पनि सत्तामा पुर्‍याउने एमाले महासचिव पोखरेलले दाबी गरे ।


जनसंगठनहरुको सम्मेलनद्वारा अनेरास्ववियु, अखिल नेपाल महिला संगठन, किसान संगठन लागायत ३० बढी जनसँगठनहरु घोषणा गरिएको चैनपुर नगर कमिटि सचिव चन्द्रमणि दाहालले जानकारी दिए ।


जनसभालाई विशिष्ट अतिथि एवं नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, पोलिटव्युरो सदस्य महेश बस्नेत, प्रदेश अध्यक्ष तुलसीप्रसाद गौतम लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *