समाचार

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

आईतबार
दिउँसो : देशको सुदुरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशको सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

सोमबार
दिउँसो : देशभर अंशिक देखि सामान्य बदली रहने छ। गण्डकी र सूदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

रातीः देशको पहाडी भू-भागमा अंशिक बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *