खेलकुद

यी हुन् सहभागी क्लबका मार्की र कोच

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा सहभागी हुने १० वटा क्लबले मार्की र कोचको टुंगो लगाएका छन् । स्पोर्टिङ इलाम डि मेचीले मार्कीमा तेज तामाङ र कोचमा मेघराज केसीलाई लिएको छ । 

यसैगरी, बिराटनगर  सिटी एफसीले मार्कीमा रन्जित धिमाल र  कोचमा विष्णु गुरुङलाई लिँदा झापा एफसीले मार्कीमा अन्जन बिस्ट लिने तयारी गरेको छ । 

वीरगञ्ज युनाइटेडले मार्कीमा देवेन्द्र तामाङ र कोचमा सुलभ जंग रानालाई लिँदा बुटवल लुम्बिनी एफसीले मार्की प्लेअर  विशाल श्रेष्ठ र कोचमा अनन्त थापालाई लिएको छ । 

पोखरा थण्डर्सले मार्कीमा सुजल श्रेष्ठ र कोषमा नवीन न्यौपाने, एफसी चितवनले मार्कीमा अनन्त तामाङ र कोचमा यम गुरुङ, काठमाडौ रेजर्सले मार्कीमा बिकेश कुथु र कोचमा बालगोपाल महर्जन, ललितपुर सिटी एफसीले मार्कीमा विमल घर्ती मगर र कोचमा प्रवेश कुटवाल र .धनगढी  एफसीले मार्कीमा विशाल राई र कोचमा युगल किशोर राईलाई लिएका छन् । 

यस पटक एनएसएलमा १० क्लब रहनेछन्  । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *