समाचार

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो : महासचिव पोखरेल

गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे ।

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *