विश्व

युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दियो निवेदन

काठमाडौँ । युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालत, हेगमा निवेदन दिएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले ट्वीट गर्दै यो जानकारी दिँदै युक्रेनमाथिको आक्रमणको लागि रुसलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।

आफ्नो ट्विटमा राष्ट्रपति जेलेन्स्कीले लेखेका छन्- ‘हामी अन्तर्राष्ट्रिय अदालतलाई रसियालाई तुरुन्त सैन्य कारबाही रोक्न आग्रह गर्न अनुरोध गर्दछौं । हामी यो मुद्दा अर्को हप्ता सुन्न चाहन्छौं ।’

बिहीबार बिहान, रुसी राष्ट्रपतिले युक्रेनमा सैन्य कारबाहीको आदेश दिएपछि रुसी सेना युक्रेनमा प्रवेश गरेको थियो र अहिले युक्रेनले रुसी सेनाको आक्रमणको सामना गरिरहेको छ ।

धेरै सहरहरूमा भयंकर लडाई सुरु भएको छ । आज बिहान रुसले बेलारुसमा युक्रेनसँग वार्ताको प्रस्ताव राखेपनि युक्रेनले बेलारुसमा वार्ता सम्भव नहुने बताएको छ ।

बेलारुस रुसको सहयोगी हो र उसले यस युद्धमा रुसलाई खुलेर समर्थन गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *