शिक्षा / स्वास्थ्य

१११ जना थपिए, एकजनाको मृत्यु

काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभर १ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा ९ हजार ७१० जनामा गरिएको परीक्षणमा १ सय ११ जना संक्रमित भेटिएका हुन् भने आज १ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै, आज ४ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *