काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष ड. बाबुराम भट्टराईले तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न प्रचण्डलाई सुझाव दिए ।
‘मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईले यसलाई साथ दिनोस् १३८ पु¥याएर पारित गर्नोस् । होइन भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाहिं राष्ट्रवाद भित्र चाहिं राष्ट्रघात गर्न पाईदैन’ उनले भने ।
एमसीसी महत्वपूर्ण विषय भएको भन्दै भट्टराईले संसदमा उपस्थितको बहुमतले नभई संसदमा रहेको कुल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्नुपर्ने बताए ।




