समाचार

सेनाका अधिकारीसहित प्रधानमन्त्री देउवा भेट्न पुगिन् बेलायती राजदूत पोलिट

काठमाडौं । युक्रेन आक्रमणको विरोधमा ऐक्यबद्धता जुटाउन नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै निकोलाले भनेकी छिन्, विश्वभरका देशहरुले युक्रेनसँग ऐक्यबद्धता जनाइरहेको र रुसी आक्रमणको प्रतिरोध गरिरहेको अवस्थामा नेपालको युक्रेनलाई बलियो समर्थन प्रति प्रधानमन्त्री देउवा प्रति आभार।’ भेटमा बेलायतका सैनिक अधिकारी पनि सहभागी थिए।

नेपालले रुसले युक्रेनमाथि गरेको हमालको निन्दा गरेको छ। नेपालले शान्तिपूर्ण बाटो अपनाउन रुसलाई अपिल गरेको छ। यस्तै बेलायतले रुसमाथि विभिन्न नाकाबन्दी लगाइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *