काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले एमसीसीमा भोटिङ भएपछि गठबन्धनमा माओवादी नबस्ने जबाफ कांग्रेसलाइ दिएको बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरु एमसीसीको विपक्षमा रहेकाले यसमा भोटिङ भएपछि गठबन्धनमा नरहने कुरा प्रचण्डले प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।
उनले एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने भनेपछि सरकारको आग्रहमा संसद्को बैठक सारिएको जानकारी दिए । पोखरेलले एमसीसीमा सहमति खोज्ने विषय सकारात्मक भएपनि आफूले ल्याएको प्रस्तावमा बहुमत नजुट्ने देखिएपछि बैठक सार्न खोजिएको जस्तो देखिएको धारणा राखे ।




