समाचार

पशुपतिमा कुदृष्टि लगाउनेलाई राम्रो हुँदैन : मन्त्री आले

काठमाडौँ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले महाशिवरात्रि पर्व व्यवस्थापन तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि सबै सुविधा हुने गरी व्यवस्थापन गर्न मन्त्री आलेले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्रमा सफाइ गर्न, शौचालयको राम्रो प्रबन्ध गर्न पनि उहाँले पदाधिकारीको ध्यानाकर्षण गराएका छन् ।

पशुपति क्षेत्रको सम्पत्तिमा कुदृष्टि लगाउनेलाई राम्रो नहुने बताउँदै मन्त्री आलेले नेपाल–भारतमैत्री पशुपति धर्मशालालाई सहीरुपमा व्यवस्थापन गर्ने बताएका छन् । धर्मशालामा महाशिवरात्रिमा आउने भक्तजनको व्यवस्थापनका लागि आगामी वर्षदेखि काम गरिने जानकारी दिएका छन् ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रमा यस वर्ष बिजुली बत्ती र फूलमालाले विशेषरुपमा सजाएर आकर्षक बनाउन लागिएको बताएका छन् । भित्तामा बनाइने देवीदेवताका चित्र पनि भक्तजनको आकर्षक केन्द्रका रहने उनको भनाइ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *