काठमाडौं । असोज अन्तिम सातादेखि रोकिएको गण्डकी प्रदेशसभाको अधिवेशन २६ फागुनदेखि चल्ने भएको छ।
गण्डकी मन्त्रिपरिषद् बैठकले २६ फागुनमा आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेका छन् ।
२९ जेठपछि संविधानको कार्यान्वयन स्वरुप नयाँ सरकार गठन भएको थियो। नयाँ सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। सोही बजेट अहिले कार्यान्वयनमा छ।
हिउँदे अधिवेशनमा बढी विधेयकमाथि छलफल हुन्छ। सरकारले अधिकतम् विधेयक प्रदेशसभामा लैजाने र पारित गर्ने तयारी गरेको छ।




