समाचार

एमसीसीविरोधीले आक्रमण गर्न सक्ने भन्दै सञ्चारमन्त्रीको सुरक्षा बढाइयो

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक सई खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *