समाचार

कोरोना अप्डेट : २६२ संक्रमित, १३३८ जना सङ्क्रमणमुक्त, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् भने ३३२५४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *