समाचार

नेपालले ओमानलाई दियो सामान्य लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानलाई ११८ रनको लक्ष्य दिएको छ ।

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ नेपालले पुरा ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमश: ५ र ४ रन जोडे । यस्तै, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बमले १६, आरिफ शेखले ३८, कमलसिंह ऐरीले १, विवेक यादवले ७, सन्दीप लामिछानेले १६ रनको योगदान गरे ।

ओमानका लागि खवर अलीले तीन विकेट लिँदा बिलाल खानको नाममा दुई विकेट रह्यो । फैज बट र जिशान मकसुदले समान एक/एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *