खेलकुद

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल, टीममा काे-काे परे ?

काठमाडौं । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट एको पहिलो खेलमा नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट मैदानमा १ मा भएको टसमा घरेलु टोली ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

नेपाल ओमानमाथि सहज जित हात पार्दै सुखद् सुरुवातको योजनामा छ भने घरेलु टोली ओमान पनि आफ्नै मैदानमा जितको खाेजीमा हुनेछ । ग्लोबल छनोटअघि नेपालले ओमानमै चारदेशीय टी–२० सिरिज खेल्दै तयारी समेत गरेको थियो । जसमा नेपालले पहिलो खेलमा ओमानलाई नै पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११ –

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *