काठमाडौँ । नेपालमा थप ७४७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४८२ र एन्टीजेन परिक्षणबाट २६५ गरि कुल ७४७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३१९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.६ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ११३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २७९ पिसिआर र २४१७ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार ६९६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ७३९ पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ ।




