समाचार

प्रधानसेनापति प्रभुराम शर्मा र युएईका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र युएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।

भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सईदबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *