राजनीति

स्थानीय निर्वाचनको मिति घोषणामा लोसपाको टिप्पणी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तहको निर्वाचन हुने घोषणालाई सकारात्मक रुपमा लिएको छ।

बुधबार लोसपाका अध्यक्ष जितेन्द्र सोनलले विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एवं विधिको शासनलाई सुदृढ एवं संस्थागत गर्ने हुँदा सकारात्मक रुपमा लिएको जनाएको छ ।

यस्तै, जारी विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २ असोज ०७४ लाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधिको अधिकारबाट वन्चित नगर्न पनि जोड दिएको छ ।

यदि यस्तो भएमा संविधानको मर्म र भावनाविपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्वन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यानकर्षण गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *