समाचार

पाँचथरमा लेक लागेर एक जनाको मृत्यु

काठमाडौं । पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटेका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धुपीडाँडामा लेक लागेर बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।

भाइ विक्रम मगरसँग बुधबार भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौंरी गोठतर्फ लागेका विशाल घरबाट करिब १५ किलोमिटरमाथि हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए ।

तर, घर फर्कने क्रममा घुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस भएका उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *