काठमाडौं । जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको डाक्टर प्रकाशराज जैशीले बताए।
भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको अस्पतालले उनले बताए।
शववाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६र७७ मै बजेट विनियोजन भए पनि खरिद गर्न सकिएको थिएन।
हाल फेरि बजेट आएपछि खरिद गरिएको हो ।




