संकल्पखबर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्नका लागि महान्यायाधीवक्ताको कार्यालयमा पुगेका छन् ।
सत्तारुढ ५ दलीय गठबन्धनमा आगामी निर्वाचन बारेमा फरक–फरक धारणा बनिरहेको बेला नेता थापा महान्यायाधीवक्ता खम्मबहादुर खातीसँग छलफल गर्न राम शाहपथस्थित कार्यालयमा पुगेका हुन्।
त्यसैगरी, स्थानीय तहको निर्वाचनबारे पार्टीको धारणा बनाउनका लागि कांग्रेसले आज नै केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने आज नै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग भेटेर निर्वाचनबारेमा छलफल गरेका छन् ।




