समाचार

सेती प्रादेशिक अस्पतालमा एकजना संक्रमितको मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

ती पुरुषको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा माघ ६ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *