समाचार

बुद्ध एयरको विमानमा बेहोस भएकी महिला डिस्चार्ज

नेपालगन्ज । बुद्ध एयरको जहाज भित्र बेहोस भएकी महिला डिस्चार्ज भएकी छिन् ।

नेपालगन्ज विमानस्थलको आकाशमा ३५ मिनेट जहाज होल्ड हुँदा उनी बेहोस भएकी हुन् ।

भारतको दिल्लीबाट काठमाडौँ आएकी ४७ वर्षीया जानुका थापा सो विमानबाट आफन्तलाई भेट्न सुर्खेत जाँदै थिइन्।

विमान होल्ड भएपछि आत्तिएर बेहोस भएकी उनलाई जहाज अवतरण हुने बित्तिकै एम्बुलेन्सबाट राँझास्थित सैनिक अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

बेहोस भएकी उनलाई अस्पताल लगेको एक घण्टाभित्रै होस आएपछि आफन्तको जिम्मा लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *