समाचार

श्रममन्त्री श्रेष्ठका सय दिने कार्यप्रगति सार्वजनिक (सूचीसहित)

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा नै पत्रकार सम्मेलन गरेर कार्यप्रगति सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरिए पनि मन्त्रालयका कर्मचारीमा नै कोरोना सङ्क्रमण भएपछि मन्त्री श्रेष्ठले लिखित रुपमा आफूले गरेका सय दिने कामको प्रगति सार्वजनिक गरेका हुन् ।

मन्त्री श्रेष्ठले सय दिनको अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानुनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको दाबी गरेका छन् ।

उनले मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको पनि बताएका छन् ।

वैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवा सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने ती मुलुकसँग श्रम सम्झौताको पहल गर्ने, यस क्षेत्रमा गरिएका नयाँ थालनीले श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा तरङ्ग ल्याएको र आम नागरिकमा नयाँ आशा पलाएको मन्त्री श्रेष्ठको दाबी छ ।

निष्ठापूर्वक आफ्नो काममा आफू प्रतिबद्ध र दृढ रहेको बताउँदै मन्त्री श्रेष्ठले जनताले आफूप्रति देखाएको विश्वास कायम राख्न आफू निरन्तर प्रयास गरिरहने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

आफूले एक सय दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको महसुस गरेको पनि बताएका छन् ।मन्त्री श्रेष्ठले गत असोज २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

[pdfjs-viewer attachment_id=187008 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/01/Srammantri-Krishnakumar-Shrestha-100-Days.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/01/Srammantri-Krishnakumar-Shrestha-100-Days.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *