काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९३९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा २९४३ जना, ललितपुरमा ७९५ जना र भक्तपुरमा २०१ जना गरि कुल ३९३९ जना संक्रमित थपिएका हुन् ।
हाल काठमाडौँ उपत्यकामा कुल १९३८७ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा १३९८६ जना, ललितपुरमा ३५५५ जना र भक्तपुरमा १८४६ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा थप ६७३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५७४७ र एन्टीजेन परिक्षणबाट ९८७ गरि कुल ६७३४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।




