समाचार

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना पुष्टि भएको छ ।उपाध्यक्ष पौडेलले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

उनले कोरोना पुष्टि भएपछि आफू आइसोलेसनमा रहेको पनि बताएका छन् ।नेपालमा पछिल्लो समय कोरोना संक्रमणको निकै तीव्र बनेको छ । नेकपा एमाले लगायतका अन्य दलका नेताहरुलाई पनि कोरोना देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *