शिक्षा / स्वास्थ्य

थप ३०७५ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३०७५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २४४८ र एन्टीजेन परिक्षणबाट ६२७ गरि कुल ३०७५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.५ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ११३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९०५१ पिसिआर र ३९८५ नमुना एन्टीजेन परिक्षण गरि कुल १३०३६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ६९० पुगेका छन् । त्यस्तै आइसीयुमा ८७ जना छन् भने देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ८८० जना छन् भने होम आइसोलेसनमा १० हजार ८१० जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १४ हजार ५७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *