समाचार

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने

काठमाडौँ ।कोभिड-१९ को संक्रमण बढ्दै गएसँगै सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् ।
कोभिड महामारी बढ्दै गएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यलयले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने व्यवस्था गरेको हो ।

हाल सार्वजनिक यातायातले सिट क्षमता बढी यात्रु ओसारपसार गर्दै आएका छन् । प्रशासन कार्यालयले सबै यात्रुलाई अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने आदेश जारी गरेको छ । चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने उल्लेख गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *