समाचार

थप २ हजार ४४४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३८५ जनामा परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।

यस्तै, आज थप ३१३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *