काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । ३००औँ पृथ्वी जयन्तीको अवसरमा मंगलबार सिंहदरबार पुगेर पूर्वराजाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार पुग्दा समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।
त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन् ।




