काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशनमा अधिकांश जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भइरहेको छ । शुक्रबार सुरु भएको अधिवेशन मंगलबार बिहानसम्ममा ५० जिल्लाको नतिजा आएको छ । जसमध्ये अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लाको नतिजा आउनेक्रम जारी छ ।
गैरभौगोलिक दुईसहित देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमै नेतृत्व चयन भएको छ ।
नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ । केही जिल्लामा भने प्यानल नै बनाएर निर्वाचन भइरहेको छ ।
अहिलेसम्म निर्वाचित अध्यक्षहरु :
प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर –शरण राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
बागमती
१. धादिङ – भूमि त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडौं – दीपक निरौला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली– कुमारबहादुर कार्की
११. दोलखाः नरबहादुर श्रेष्ठ
गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ– हिराबहादुर केसी
६. पर्वत–राजु पौडेल
७. नवलपुर–मुक्ती पाण्डे
लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाँची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
१०. प्युठान–बिजयविराज विष्ट
कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
४. रुकुम– नन्दराम देवकोटा
सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी– सुरेन्द्र पाल
३. डोटी–चक्र मल्ल
४. कैलाली– रतन थापा
गैरभौगोलिक
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल




