समाचार

एमाले सचिवालय बैठक जारी, राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउने तयारी

काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।

बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली टुंगो लगाउने बताइएको छ । यसअघि सातवटै प्रदेशले राष्ट्रिय सभा उम्मेदवारको लागि नाम सिफारिस गरिसकेका छन् ।

सचिवालय बैठकले ती नामका बारेमा टुंगो जनाइएको छ । एमालेको १०औं महाधिवेशनपछि पहिलोपटक बसिरहेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *