समाचार

स्यालसँग ठोक्किँदा जहाजमा सामान्य क्षति पुगेको छ – बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले बुधबार काठमाडौंबाट नेपालगञ्जको उडान गरेको जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किँदा जहाजमा सामान्य क्षति पुगेको जनाएको छ ।

बिहीवार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले जहाजमा सवार चालक दलसहित सबै यात्रुहरु सुरक्षित रहेकाे उल्लेख गरेकाे छ ।

‘नेपालगञ्जमा रहेका यात्रुहरुलाई लिनका लागि काठमाडौंबाट छुट्टै खाली जहाज पठाएका थियौं ।नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । भविष्यमा यस किसिमको दुर्घटना दोहरिन नदिन सबै उपायहरु अवलम्वनका लागि पनि अनुरोध गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *