काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधिमा नेविसंघका बहालवाला र पूर्वमहामन्त्री पराजित भइरहेका बेला महामन्त्री उर्मिला थपलिया भने सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ क्षेत्रीय अधिवेशनमा खुल्ला महिलातर्फ उनी ६ सय तीन मत ल्याएर प्रतिनिधि चयन भएकी हुन् ।
थपलिया नेविसंघका साथै कांग्रेस राजनीतिमा लोकप्रिय छिन् । २०६२–६३ को लोकतन्त्र प्राप्तिको आन्दोलनमा सडकमा अग्रमोर्चामा रहेर आन्दोलन गर्दा प्रहरीको कुटाइबाट उनको टाउको फुटेको थियो ।




