समाचार

आज सर्वोच्चदेखि बालुवाटारसम्म नेपाल बारले मार्चपास गर्ने

काठमाडौँ । नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारले जनाएको छ । नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी, साथीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने बताइएको छ ।

प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *