राजनीति

गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । गणेश लामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको उनले समाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले पार्टी संगठन विस्तारमा लाग्ने पनि बताएका छन् ।

लामा कांग्रेस उपसभापति विजयकुमार गच्छदारनिकट मानिन्छन् । गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य थिए । गच्छदारले २०७४ मा पार्टी कांग्रेससँग मिलाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *