राजनीति

इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र निर्वाचित

इलाम।नेपाली कांग्रेस इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित भएका छन् । माङसेबुङ गाउँपालिकाका अध्यक्ष रहेका डिकेन्द्रले तीन प्रतिस्पर्धीलाई हराएका हुन् ।

इधिङ्गोले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नुतनदेव दुलालले २ सय ९८ मत पाए । क्षेत्रीय सभापतिका उम्मेदवार नरेश श्रेष्ठले १ सय ८८ र मनबहादुर बुढाथोकीले ७४ मत पाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *