राजनीति

कञ्चनपुर क्षेत्र नं २ का सभापतिमा सिंह विजयी

कञ्चनपुर ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा लालबहादुर सिंह विजयी भएका छन्।

मंगलबार अपराह्न सम्पन्न मतगणनाको परिणामअनुसार सिंह ३ सय ४१ मत ल्याई विजयी भए। उनका प्रतिद्वन्द्वी नवराज जोशीले १ सय ५७ मत पाए।

क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी भएका छन्। सहसचिव पदमा काशिराम भाट र रमेशप्रसाद भट्ट विजयी भएका छन्।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी भएका छन्। उनी प्यानल सहित विजयी भए। चन्दले ३ सय ३० मत ल्याए भने उनका निकतटम प्रतिद्वन्द्वी गणेश नेगीले १ सय ९३ मत पाए।

सचिवमा उमेशप्रसाद जोशी र गंगादत्त भट्ट विजयी भए भने सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी भए। महाधिवेशन प्रतिनिधिको मतगणना भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *